ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल, भेन्यु र भेन्यु एन लाइन' सार्वजनिक
corporatenepal.com · Wed Aug 12 01:55:49 GMT 2026

काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘मेड इन नेपाल’ ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ। नयाँ भेन्युलाई नयाँ डिजाइन, उन्नत प्रविधि, प्रदर्शन क्षमता र सुरक्षाका विशेषतासहित कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ल्याइएको कम्पनीले जनाएको छ। नेपालमै उत्पादन गरिएको भेन्यु आकर्षक र सशक्त एसयूभी डिजाइनमा उपलब्ध छ ।
नयाँ भेन्युमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प, पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्यागलगायतका सुविधा छन् । गाडीमा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प उपलब्ध गराइएको छ। कम्पनीका अनुसार यी इन्जिनले आरामदायी ड्राइभिङ, इन्धन दक्षता र प्रभावकारी प्रदर्शन प्रदान गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)