आज लाग्दैछ सूर्यग्रहण, नेपालबाट नदेखिने
kendrabindu.com · Wed Aug 12 02:13:41 GMT 2026

काठमाडौं । आज (बुधबार) सूर्यग्रहण लाग्दैछ। आज लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चांग निर्णायक समितिले जनाएको छ। विश्वका केही भागमा भने सूर्यग्रहण लाग्ने खगोलविद्हरूले बताएका छन्।
आजको सूर्यग्रहण पृथ्वीका केही क्षेत्रमा पूर्णरूपमा र केही ठाउँमा आंशिक रुपमा मात्रै देखिने नासाले जनाएको छ। खगोलीय नियमअनुसार चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यको आंशिक वा पूर्ण प्रकाश पृथ्वीसम्म पुग्नबाट रोकिन्छ। जसको कारण सूर्यग्रहण लाग्छ। सूर्यग्रहण लाग्न चन्द्रमा, सूर्य र पृथ्वी एउटै सिधा रेखामा आउँनुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)