धनकुटामा २० व्यक्तिबाट रक्तदान
ratopati.com · Tue Oct 13 15:41:56 GMT 2026

धनकुटा। धनकुटामा २० व्यक्तिले रक्तदान गरेका छन्। ७१औँ प्रहरी दिवसको अवसरमा रक्तदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको प्राङ्गणमा मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रक्तसञ्चार शाखासँगको सहकार्यमा रक्तदान भएको हो।
‘विपद्मा सारथी, सङ्कटमा छहरी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै आवश्यकतामा रहेका बिरामीका लागि रगतको उपलब्धतामा सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए। सङ्कलित रगत रक्तसञ्चार केन्द्र, धनकुटामा राखिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)