कोलोम्बिया भूकम्प- मृत्यु हुनेको संख्या २५० नाघ्यो
lokaantar.com

पश्चिम कोलोम्बियाको कफी उत्पादन गर्ने मध्य भागलाई केन्द्रविन्दु बनाएर गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या कम्तीमा २५० पुगेको छ। यो शताब्दीमै कोलोम्बियामा गएको सबैभन्दा ठूलो र विनाशकारी भूकम्प मानिएको छ।
बुधबार बिहानसम्म प्राप्त विभिन्न रिपोर्टहरूअनुसार भूकम्पबाट ज्यान गुमाउनेको संख्या २५४ पुगेको रोयटर्सले जनाएको छ, जसमा कफी क्षेत्रको मुख्य सहर परेरामा १०१ जना र देशको तेस्रो ठूलो सहर क्यालीमा ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)