मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सार छलेर ल्याइएका सामान बरामद

ratopati.com · Tue Oct 13 15:51:59 GMT 2026

कपिलवस्तु। सशस्त्र प्रहरीले कपिलवस्तुका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका रु १० लाख ७४ हजार बराबरका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको टोलीले खटिएको टोलीले लत्ताकपडा, किराना सामान, मोबाइल तथा मोटर पार्टस् बरामद गरेको हो । ती सामान ढुवानीमा प्रयोग गरिएको एक थान मोटरसाइकल पनि बरामद भएको छ । बरामद सामान तथा मोटरसाइकल कारबाहीका लागि कपिलवस्तु भन्सार कार्यालयमा बुझाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)