निजामती कर्मचारीमा राजीनामाको लहर, प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले पनि दिए राजीनामा
reportersnepal.com · Wed Aug 12 02:35:04 GMT 2026

काठमाडौं, साउन २७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा.कमलप्रसाद पोख्रेलले राजीनामा दिएका छन् ।
उनीहरूको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिसकेको मन्त्रीले जनाए । साउन १३ मा सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन्। उनको सेवा अवधि एक वर्ष बढी बाँकी थियो। उनी राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुखबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)