मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बाढीले क्षति पुर्याएको सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन हुँदै

lokaantar.com

म्याग्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड पुनःनिर्माण गरिएको छ ।

असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कुण्डमा थुप्रिएको हिलो, बालुवा र गेग्रान श्रमदानमार्फत पन्छाएर १६ दिनमा पुनःनिर्माण गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए । कुण्ड बुधबारदेखि स्नानका लागि खुला गरिने उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)