अफगानिस्तानमा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते
barnanmedia.com · Sat Feb 14 20:15:00 GMT 2026

अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएकाे पहिरोले एक आवासीय घरमा क्षति पुर्याउँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल फताह फैजले शनिबार यसबारे जानकारी दिनुभएको हो।
प्रवक्ता अनुसार, प्राकृतिक विपत्ति प्रान्तीय राजधानी महामूद–ए–राकीको बाहिरी क्षेत्र शुखी गाउँमा घटेको हो। घटनास्थलमा उद्धारकर्मीहरूले तत्काल उद्धार कार्य सुरु गरेका थिए। स्थानीयहरूले पहिरोले घरहरू क्षतिग्रस्त भएको र धेरै परिवार प्रभावित भएको बताए । यद्यपि अझै केही घरहरूमा मानवीय क्षति वा अन्य घाइतेको संख्या पुष्टि हुन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)