मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

पशुपतिनाथमा तिज : चार स्थानबाट लामको व्यवस्था, पुरुष दर्शनार्थीलाई प्रवेश निषेध

ratopati.com · Mon Sep 18 06:08:00 GMT 2023

काठमाडौँ । हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको हो । तिजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्ने गरी तयारी भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)