धनगढीमा पानी सङ्कट बढ्दै
gorkhapatraonline.com · Fri Jun 26 03:19:58 GMT 2026

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पानी सङ्कट बढ्दै गएको छ । सुक्खायाम लम्बिँदा र जलभण्डार क्षेत्र चुरे दोहनका कारण पानी सङ्कट बढ्न थालेको हो । भूमिगत पानीको जलस्रोत सुक्न थालेपछि यहाँका नल्का (चापाकल), बोरिङ, डिप बोरिङमा पनि पानी कम आउन थालेका छन् ।
सुक्खा यामका कारण नल्का नै सुकेपछि खानेपानी समस्या झेल्नु परिरहेको धनगढी उपमहानगरपालिका–८ का नीराजन गिरीले बताउनुभयो । उहाँले आफ्नो नल्का सुकेपछि छिमेकीको नल्काबाट पानी बोकेर गुजारा गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकीको नल्कामा अलि अलि पानी आइरहेको त्यहीँबाट बोकेर गुजारा गर्दै आएका छौँ ।” सोही वडाकै विष्णु चौधरीको समस्या पनि उस्तै छ । उहाँ पानी समस्याले गर्दा दैनिकी नै मुस्किल भएको बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)