सदनमा कोरम किन पुग्दैन ? आशिकाले खोलिन् यथार्थ
barnanmedia.com · Wed Aug 12 03:15:23 GMT 2026

काठमाडौँ । संघीय संसदमा गणपूरक संख्या (कोरम) नपुगेर बैठक स्थगित भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले सांसदहरू सदनमा नभई मन्त्रालयका ढोकाहरूमा मन्त्री र सचिव कुरेर बस्नुपर्ने बाध्यता रहेको बताएकी हुन्।
हिजोको सदनमा सांसदहरूको संख्या नपुगेको विषयलाई लिएर उनले कर्मचारीतन्त्र र मन्त्रालयको कार्यशैलीमाथि प्रश्न उठाएकी छिन्। तामाङका अनुसार, जनताका गुनासा र विकासका मुद्दाहरू बोकेर सांसदहरू दिनभर मन्त्रालय धाउनुपर्ने अवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)