मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगमा टोटनह्यामले फरेस्टलाई २-० ले हरायाे

Ujyaaloonline.com · Mon Aug 29 01:06:01 GMT 2022

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई २-० गोल अन्तरले हराएको छ ।

गएराति भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । खेलको पाँचौँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । तर, खेलको ८१औँ मिनेटमा केनले दोस्रो गोल गर्दै टोटनह्यामलाई २–० को जित दिलाए । यस जितसँगै टोटनह्यामले ४ खेलमा १० अङ्क जोडेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)