निःशुल्क वाटर बुथमा राखिएको पानीको दुरुपयोग निगरानी
barnanmedia.com · Mon May 11 22:00:07 GMT 2026

काठमाडौँ, २९ वैशाखः निःशुल्क ‘वाटर बुथ’मा राखिएको पानीको दुरुपयोग रोक्न काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । काठमाडौँका विभिन्न आठ ठाउँमा निःशुल्क रूपमा पिउनका लागि राखेको छ । बुथबाट पिउनका लागि मात्र पानी लिन कामपाले प्रयोगकर्तालाई आग्रह गरेको हो ।
पिउनका लागि मात्रै नभई अन्य प्रयोजनका लागि पनि पानी प्रयोग गरेको भेटेपछि कामपाले निगरानी बढाएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार कामपाले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा पछिल्लो समय आठ वटा निःशुल्क वाटर एटिएम बुथ सञ्चालनमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)