युवालाई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा स्वीकार गर्नुपर्छ : आङदेम्बे
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई केवल मतदान गर्ने जमातका रूपमा मात्र नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने प्रमुख शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले युवाको अधिकार, सहभागिता, सशक्तीकरण र भविष्यका विषयमा गम्भीर राष्ट्रिय बहस आवश्यक रहेकोमा जोड दिएका छन्।
नेता आङदेम्बेले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमै सदुपयोग गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी ठोस नीतिको खाँचो औँल्याएका छन्। तीनै तहका सरकारले युवाहरूको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको मूल केन्द्रमा राख्नुपर्ने बताउँदै उनले अन्तर्राष्ट्रिय युवा दिवसलाई युवाहरूले आफ्नै देशमा भविष्य सुनिश्चित गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउने अवसर बनाउनुपर्ने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)