मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इमरान खानलाई जेलमा एक्लै राखिएको भन्दै बहिनी अलिमाले दिइन् अदालतमा रिट

annapurnapost.com · Sat May 16 04:59:43 GMT 2026

इस्लामाबाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानले इस्लामाबाद उच्च अदालतमा रिट निवेदन दायर गरेकी छिन्।समाचार एजेन्सी पीटीआईका अनुसार अलिमाले आफ्ना दाजु इमरान खानलाई अदियाला जेलमा 'लामो समयसम्म एक्लै राखिएको भन्दै अदालतमा रिट निवेदन दायर गरेकी हुन्। उनले कारागार प्रशासनको यस कदमलाई गैरकानुनी र मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरेकी छिन्।

पाकिस्तानको प्रतिष्ठित अखबार 'डन' का अनुसार अलिमा खानले बिहीबार उच्च अदालतमा उक्त रिट दर्ता गराएकी हुन्। निवेदक अलिमाले अदालतमा अल-कादिर ट्रस्ट वा तोशाखाना लगायतका कुनै पनि मुद्दामा अदालतले ७४ वर्षीय इमरान खानलाई जेलमा एक्लै राख्ने सजाय नसुनाएको उनकाे जिकिर छ। कारागार प्रशासनले अदालतको आदेश विपरित उनलाई मानसिक तनाव दिने उद्देश्यले एक्लै राखेको दाबी निवेदनमा गरिएको छ।

सन् २०२३ देखि लगातार जेलमा

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खान सन् २०२३ अगस्ट ५ देखि लगातार जेलमा बन्द रहेका छन्।

उनलाई सबैभन्दा पहिले तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएपछि लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको थियो। त्यसयता उनलाई रावलपिण्डीको अदियाला जेलमा कडा सुरक्षाबीच राखिएको छ र उनी विरुद्ध थप अन्य मुद्दाहरूमा पनि सुनुवाइ भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)