मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनका सबै विद्युतगृह क्षतिग्रस्त, युक्रेनी जनता चिसोबाट पनि पिडितः राष्ट्रपति जेलेन्स्की

barnanmedia.com · Sat Feb 14 21:15:00 GMT 2026

रुसी आक्रमणका कारण युक्रेनका सबै विद्युत गृहमा क्षति पुगेको र लाखौँ नागरिकले चिसोमा विद्युत् कटौतीको सामना गर्नु परेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । युद्धबाट क्षति व्यहोरेका जनताले जाडोमा विद्युत्को अभाव हुँदा चिसोको पीडा पनि सहन बाध्य भएको उहाँले जर्मनीको म्युनिखमा शनिबार सुरूभएको सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै बताउनुभएको हो ।

जेलेन्स्कीले मस्कोको आक्रमणको चौथो वर्षमा केही दिन अघि अधिकारीहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “युद्धले दशौँ हजारको ज्यान लिएको छ, पूर्वी युक्रेनलाई ध्वस्त पारेको छ र लाखौँलाई भाग्न बाध्य पारेको छ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)