पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान
nagariknews.nagariknetwork.com · Wed Aug 12 03:49:41 GMT 2026

बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई सञ्चालन गर्ने तयारी गरेको छ।
पर्सा राष्ट्रिय निकुञ्जमा पाठे बाघको सङ्ख्या ७१ पुगेको छ। निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाका अनुसार निकुञ्जमा यसअघि ४१ बाघ रहेकामा हालै गरिएको बाघ गणनाका क्रममा बाघको सङ्ख्या एकैपटक ३० वटा बढेको हो। निकुञ्जमा बाघको सङ्ख्या बढेपछि वन्यजन्तुप्रतिको नागरिकको सोच र आनीबानीमा परिवर्तन ल्याई मानव–बाघबीच सहअस्तित्व प्रवर्द्धन गर्ने तथा वन्यजन्तुहरूबाट हुने मानवीय क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले ‘बाघ मित्र’अभियानलाई विस्तार गर्ने तयारी गरिएको प्रमुख खतिवडाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)