सुरक्षा थ्रेटका कारण अंकाराबाट अर्कै विमानमा फर्किनुपरेको ट्रम्पले नै स्वीकारे
corporatenepal.com · Wed Aug 12 04:01:53 GMT 2026

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीको अंकाराबाट प्रस्थान गर्ने क्रममा सुरक्षा खतराका कारण गोप्य सुरक्षा सेवाले आफूलाई एयर फोर्स वनबाट अर्को सैन्य विमानमा सार्न लगाएको स्वीकार गरेका छन् । यसअघि वासिंटन पोस्ट र न्यूयोर्क टाइम्सले खुलासा गरेको यो विषयलाई ट्रम्पले स्वीकार गरेका हुन् ।
ट्रम्पले दुईदिने नेटो शिखर सम्मेलन सम्पन्न गरेपछि टर्कीबाट प्रस्थान गर्ने तयारी गरिरहेका बेला गोप्य सुरक्षा सेवाले सम्भावित सुरक्षा खतरा पहिचान गरेको थियो । तर, उनले उक्त खतरा कस्तो प्रकृतिको थियो वा कहाँबाट उत्पन्न भएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)