सुदूरपश्चिममा मलको अभाव, किसानहरु तनावमा
ajakoartha.com · Wed Aug 12 04:06:00 GMT 2026

काठमाडौं
- मुख्य खेती धानको रोपाई गर्नेबेला जहिले पनि मलको अभाव हुने गरेको छ । देशैभरि यो समस्या भए पनि सुदूरपश्चिमका किसानहरुले झन ठूलो अभाव भोग्नुपरेको समाचार छ । धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ। यस अवधिमा पोटास ३३.२५ मेट्रिक टन बिक्री भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)