एनआइसी एशिया क्यापिटलको ५० प्रतिशत लाभांश घोषणा
arthasansar.com · Wed Aug 12 04:34:03 GMT 2026

एनआइसी एशिया क्यापिटलले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
क्यापिटलको सोही बैठकले भदौ २६ गते १०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा क्यापिटलको, रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान नौ बजेबाट सुरु हुने बताइएको छ । सोही साधारणसभाले गत आवका सेयरधनीलाई दिन प्रस्ताव गरिएको ५० प्रतिशत नगद लाभांशका साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)