मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

७५० जनामा स्क्रब टाइफस सङ्क्रमण, नौ जनाको मृत्यु

gorkhapatraonline.com · Tue Oct 13 18:06:14 GMT 2026

सल्यानमा मंगलबार थप १३ जनामा सङ्क्रमण पुष्टि भएसँगै स्क्रब टाइफस रोगका सङ्क्रमितको सङ्ख्या ७५६ पुगेको छ । स्वास्थ्य सेवा कार्यालयको असोज ११ गतेदेखि असोज २७ गते मङ्गलबारसम्मको विवरण अनुसार ५९३ जना महिला र १६३ जना पुरुष गरेर ७५६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको हो । यस बिचमा २१६७ जना महिला तथा ११३१ पुरुष गरेर जम्मा ३२९८ जना बिरामीको जाँच गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिनुभयो ।

संक्रमणबाट दार्मा गाउँपालिकामा आठ र छत्रेश्वरी गाउँपालिकामा एक गरी नौ जनाको मृत्यु भइसकेको छ । परीक्षण गरिएकामध्ये महिलामा संक्रमणको दर बढी देखिएको छ । संक्रमितमध्ये करिब ७८ प्रतिशत महिला छन् । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लामा सङ्क्रमण पुष्टि भएका महिलाको सङ्ख्या पुरुषको तुलनामा ४३० ले बढी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)