गुल्मी महोत्सव वैशाख ५ गतेबाट
rajdhanidaily.com · Tue Apr 08 23:32:59 GMT 2025

गुल्मी । गुल्मी चेम्बर अफ कमर्शले वैशाख ५ गतेबाट दोस्रो गुल्मी महोत्सव गर्ने भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ०८ स्थित जिल्ला कारागार कार्यालय नजिकै नुनथला भन्ने स्थानमा कृषि, पर्यटन तथा उद्योग महोत्सव गर्न थालिएको हो ।
महोत्सव सम्पन्न गर्नको लागि विभिन्न १६ वटा उप–समिति समेत गठन गरिएको छ । जिल्लामा रहेका विभिन्न कला, संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको गुल्मी चेम्बर अफ कमर्शका उपाध्यक्ष विरेन्द्र भुसालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)