बाढीपहिरोले ब्यापक क्षतिः राज्य मूकदर्शक, उद्धारसमेत गर्न सकेन
barnanmedia.com · Sat Sep 28 21:47:04 UTC 2024

बाढीपहिरोले देशभर व्यापक क्षति गरेको छ।
राजधानी काठमाडौंसहित बागमती प्रदेशमा सबैभन्दा धेरै क्षति भएको छ। प्रहरीका अनुसार २४ घन्टामै एक सय जनाको ज्यान गएको छ। ७२ बेपत्ता भएका छन्। राजधानी उपत्यकासँग जोडिएका सबै राजमार्ग बन्द भएका छन्। सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार २३ राजमार्गका ६६ भन्दा धेरै स्थानमा बाढी र पहिरोले क्षति पुगेकाले यातायात बन्द गर्नु परेको छ। आधा दर्जन पुल बाढी र पहिरोले बगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गबाट दुई मुलुकबीचको सडक सम्पर्क समेत विच्छेद हुन पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)