उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
barnanmedia.com · Tue Jun 30 09:49:53 GMT 2026

नारायणगढ (चितवन), १६ असारः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वास्तविक रूपमा श्रम र उत्पादनमा जोडिने सहकारीहरूलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ भतेरीस्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले रैथाने बाली तथा अदुवा, लसुन, बेसार र प्याजजस्ता विधामा उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री बानियाँले भन्नुभयो, “अहिलेको बजेटमा हामीले एक पालिका, एक रैथाने उत्पादन, एक सङ्कलन केन्द्र नीति अघि सारेका छौँ । सोहीअनुरूप प्रशोधन, ब्रान्डिङ र बजारीकरण गर्ने पालिकालाई प्रदेश सरकारले विशेष अनुदान दिँदैछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)