गोसाइकुण्ड मेलाका लागि दुई सय छाप्रा बनाइँदै
annapurnapost.com · Wed Aug 12 05:10:41 GMT 2026

रसुवा : आगामी भदौ १२ गते जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने विशेष मेलालाई लक्षित गरी तीर्थयात्रीका लागि आवश्यक वासका लागि बाटोमा अस्थायी छाप्रा (थर्पु) बनाउन सुरु भएको छ । एक पटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा परिचित रसुवा गोसाइकुण्ड गाउँपालिका– ५ मा पर्ने गोसाँईकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमा र गङ्गादशहरा मेला लाग्दछ ।
कुण्डमा नुहाउने तथा पाठपुजा गर्नाले मनले चिताएको पुग्ने र पापबाट मुक्त हुने जनविश्वासका साथ धेरै भक्तजनहरू यहाँ आउने गर्दछन् । पर्यटकीयस्थल गोसाइँकुण्ड रसुवामा रहेका धेरै कुण्डहरूमध्येको ठूलो कुण्ड हो । मेलाको समयमा हुने भिडभाडलाइ समेत मध्यनजर गरेर पैदल मार्ग, आवास तथा खाद्यान्न व्यवस्थापनको काममा स्थानीय लागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)