मुक्तिनाथ विकास बैंकको नाफा १२ प्रतिशतले बढ्यो, १ खर्बभाथिको कर्जा प्रवाह
arthasansar.com · Wed Aug 12 05:15:13 GMT 2026

मुक्तिनाथ विकास बैंकको नाफामा दोहोरो अंकको सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफा बढेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेसँगै खुद नाफा बढ्न पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)