भेडेटारको स्काइवाकमा दुई वर्षमै तीन लाखभन्दा बढी पर्यटक, कोशी प्रदेशको नयाँ पर्यटकीय केन्द्र बन्दै
bishowkhabar.com · Wed Aug 12 05:12:38 GMT 2026

काठमाडौं– धनकुटास्थित भेडेटारमा सञ्चालनमा रहेको स्काइवाक पछिल्लो समय कोशी प्रदेशकै नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक दृश्यावलोकन गर्न पाइने भएकाले यहाँ दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।
वन्डर्स एम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिले २०८१ साउन ११ गतेदेखि सञ्चालनमा ल्याएको स्काइवाकमा दुई वर्षको अवधिमा तीन लाख नौ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । परियोजनाका अनुसार पहिलो वर्ष एक लाख ७८ हजार र दोस्रो वर्ष एक लाख ३१ हजार पर्यटकले स्काइवाकको अवलोकन गरेका छन् । तीमध्ये करिब ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)