मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी

ratopati.com · Sat Feb 14 22:43:20 GMT 2026

भोजपुर । भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई भलिबल तथा अन्य इन्डोर्स खेलको लागि प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ । करिब १२ वर्षअघि निर्माण सुरु गरिएको उक्त कम्प्लेक्सलाई राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्रका रूपमा अघि बढाउने तयारी गरिएको हो ।

करिब रु दुई करोडको लागतमा निर्माण गरिएको यस कम्प्लेक्सलाई व्यवस्थित रूपमा सञ्चालन गरी भलिबल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार राज्यको ठुलो लगानीमा निर्माण भएको संरचनालाई प्रभावकारी रूपमा उपयोग गर्दै राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पुर्‍याउने सङ्घको लक्ष्य छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)