सुरक्षा परिषद् बैठक : सामाजिक असहिष्णुता बढाउने गतिविधि न्यूनीकरणबारे छलफल
nayapatrikadaily.com · Thu Oct 05 00:32:00 GMT 2023
विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि बढेपछि सरकारले सुरक्षा अवस्थाको विश्लेषण गर्दै आवश्यक रणनीति बनाएको छ । देशमा धार्मिक तथा जातीय टकरावका घटना शृंखलाबद्ध रूपमा बढ्न थालेपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर पछिल्लो सुरक्षा अवस्थाबारे विश्लेषण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बुधबार बसेको बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षा भएको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा बसेको बैठकले धार्मिक तथा जातीय सद्भाव बिग्रँदा राष्ट्रिय सुरक्षामै असर पर्न सक्ने भएकाले सुरक्षा निकायले थप चनाखो हुनुपर्ने निष्कर्ष निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)