युट्युबबाट पैसा कमाउन कठिन हुँदै, ८ हजार वाच आवर वा २ करोड शर्ट्स भ्युज आवश्यक
techpana.com · Wed Aug 12 05:23:42 GMT 2026

काठमाडौं । युट्युबले आफ्नो ‘युट्युब पार्टनर प्रोग्राम’ मा व्यापक परिवर्तन गर्दै नयाँ क्रिएटरका लागि मापदण्ड पहिलेभन्दा दोब्बर बनाएको छ । आगामी सन् २०२७ फेब्रुअरी १ देखि लागु हुने नयाँ नियम अनुसार अब लामो भिडिओमा आधारित च्यानलहरूले पार्टनर प्रोग्राममा सहभागी हुनका लागि पछिल्लो एक वर्षमा ८,००० घण्टा ‘वाच टाइम’ पुर्याउनुपर्नेछ, जुन यसअघि ४,००० घण्टा मात्र थियो ।
त्यसैगरी, युट्युब शर्ट्स बनाउनेहरूका लागि ९० दिनमा १० मिलियन भ्युजको सट्टा अब २० मिलियन भ्युज आवश्यक पर्ने भएको छ । यद्यपि, पहिले नै यो कार्यक्रममा आवद्ध भइसकेका ३० लाखभन्दा बढी क्रिएटरहरूलाई भने यो नयाँ प्रवेश नियमले कुनै असर गर्ने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)