एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने
bishowkhabar.com · Wed Aug 12 05:26:55 GMT 2026

काठमाडौं– एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ । यो स्थानीय रूपमा समर्थित प्लेटफर्म हो जसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउँछ । यो सेवा नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था र विभिन्न सङ्गठनहरूका लागि लक्षित छ ।
नेपाली व्यवसायहरू डिजिटल माध्यममा रूपान्तरण हुँदै जाँदा देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने भरपर्दो वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको छ । एनसेल बिजनेस क्लाउडसुइटको उपभोग गर्दै ग्राहकहरूले एकीकृत प्लेटफर्म डोमेनमार्फत दर्ता गर्न, वेबसाइट होस्ट गर्न र आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्छन् । यस प्लेटफर्मले डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन म्यानेजमेन्ट र केन्द्रीकृत डोमेन एड्मिनिस्ट्रेसन सुविधाहरू पनि समेट्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)