मर्यादित महिनावारीका लागि नबिल बैंकको पहल, ५० हजारभन्दा बढी छात्रा लाभान्वित
ratopati.com · Wed Aug 12 05:34:38 GMT 2026

काठमाडौँ । महिनावारीका कारण विद्यालयमा छात्राको पढाइ प्रभावित हुने समस्या न्यूनीकरण गर्न नबिल बैंकले सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान अभियान सञ्चालन गरेको छ । बैंकले ‘नबिल सिक्योरिङ हेल्थ एण्ड इम्पावरमेन्ट’ (एसएचई) परियोजनाअन्तर्गत सञ्चालन गरेको अभियानबाट हालसम्म ५० हजारभन्दा बढी छात्रा लाभान्वित भएको जनाएको छ ।
महिनावारीका विषयमा अझै पनि समाजमा खुलेर कुराकानी गर्न सहज वातावरण नहुँदा विद्यालयमा छात्राले स्यानिटरी प्याड माग्नसमेत अप्ठ्यारो मान्ने गरेका छन् । विशेषगरी ग्रामीण क्षेत्रका किशोरी महिनावारी भएका बेला विद्यालय नजाने वा विद्यालय पुगेपछि घर फर्किने अवस्था रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)