घट्यो सुन र चाँदीकै मूल्य
himalpress.com · Wed Aug 12 05:45:36 GMT 2026

काठमाडौँ- नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै महासंघले बुधबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)