परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
barnanmedia.com · Wed Aug 12 05:36:55 GMT 2026

वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई प्राथमिकता दिँदै आउनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले अन्ततः नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग सिंहदरबारमा भएका छुट्टाछुट्टै भेटवार्ताले प्रधानमन्त्री शाहको परिपक्व कूटनीति सञ्चालन र व्यावहारिक संवादमा जोड दिएको सङकेत गरेको छ ।
सरकारको नेतृत्व गरेलगत्तै प्रधानमन्त्री शाहले विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग व्यक्तिगत भेटवार्ताभन्दा सामूहिक संवादलाई प्राथमिकता दिनुभएको थियो । गत वैशाखमा उहाँले नेपालमा रहेका विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो । त्यसबाट उहाँले व्यक्तिगत भेटभन्दा संस्थागत प्रक्रिया र कूटनीतिक ‘प्रोटोकल’लाई प्राथमिकता दिन खोजेको सन्देश गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)