मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन पाकिस्तानको आग्रह

barnanmedia.com · Tue Oct 13 19:15:00 GMT 2026

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले प्राकृतिक विपद्‌बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्न र अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन्। उनले विपद् आएपछि त्यसको प्रभाव व्यवस्थापन गर्नुका साथै जोखिम पहिचान गरी सम्भावित क्षति रोक्न विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा मङ्गलबार सन्देश जारी गर्दै राष्ट्रपति जर्दारीले पाकिस्तानले बाढी, भूकम्प, तातो हावाको लहर र खडेरीलगायतका प्राकृतिक विपद्को सामना गर्दै आएको बताए । यस्ता विपद्ले जनधन, आवास तथा जीविकोपार्जनमा ठूलो क्षति पुर्‍याएको उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)