श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ
annapurnapost.com · Wed Aug 12 05:41:53 GMT 2026

सुर्खेत : श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने श्रीमान पक्राउ परेका छन्। भेरीगंगा नगरपालिका–१३ सुर्खेत रामघाटकी महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमान ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए।
मंगलबार बेलुका ५ बजे शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)