ओली नेतृत्वको परिषदले सिफारिस गरी नियुक्त ५२ संवैधानिक पदाधिकारीलाई विपक्षी कायम गर्न आदेश
setopati.com · Wed Mar 23 17:30:00 GMT 2022
संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरूद्धको रिटमा उनीहरूलाई नै प्रत्यर्थी (विपक्षी) नबनाएको भन्दै अब कायम गर्न आदेश दिएको छ।
कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, विश्वम्भर श्रेष्ठ, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको इजलासले गएको शुक्रबारदेखि संवैधानिक परिषदसम्बन्धी अध्यादेश, केपी ओली नेतृत्वको परिषदले गरेका सिफारिस, त्यसका आधारमा संवैधानिक पदाधिकारीका नियुक्तिविरूद्धका रिटमा सुनुवाइ सुरू गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)