नेपाली माटो सुहाउँदो समाजवादी अवधारणा
ratopati.com · Wed Aug 12 06:03:44 GMT 2026

नेपालमा समाजवाद निर्माणको अवधारणालाई राजनीतिक दर्शनको बहसमा सीमित राखेर अब पुग्दैन। मार्क्सलगायत विश्वका विभिन्न दार्शनिकहरूले प्रतिपादन गरेका समाजवादका सिद्धान्त हामीले पढेका र बुझेका छौँ। संविधान र राजनीतिक घोषणापत्रमा समाजवादउन्मुख अर्थव्यवस्थालाई संविधानले प्रतिबद्धता पनि व्यक्त गरेको छ। तर, हामीले पढेको र बुझेको समाजवाद नेपाली नागरिकले आफ्नो दैनिक जीवनमा कति अनुभूत गर्न पाएका छन् ? अहिलेसम्म पक्कै पाएका छैनन्।
यदि समाजवादले नागरिकलाई सामाजिक न्याय दिँदैन, रोजगारी दिन सकेन, किसानको उत्पादनलाई उचित बजार दिन सकेन, युवालाई देशमै भविष्य देखाउन सकेन, शिक्षा र स्वास्थ्यमा समान अवसर सुनिश्चित गर्न सकेन, भ्रष्टाचार र बिचौलियातन्त्र नियन्त्रण गर्न सकेन, र राज्यप्रति नागरिकको विश्वास बढाउन सकेन भने समाजवाद नारामा मात्र सीमित हुन्छ। सपना ठुलो हुन्छ तर प्राप्ति हुँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)