नेपाल एसबिआई बैंकको नाफा १२.८९ प्रतिशत बढ्यो, दुई अर्बभन्दा बढी खुद नाफा
bishowkhabar.com · Wed Aug 12 06:02:15 GMT 2026

काठमाडौं– नेपाल एसबिआई बैंक लिमिटेड (एसबिआई) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.८९ प्रतिशतले वृद्धि भएको छ ।
गत असार मसान्तसम्म बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)