रास्वपाको विदेशस्थित संगठनले भन्यो : एनआरएनएको जिम्मेवार पदमा बस्ने नीति छैन
onlinekhabar.com · Wed Aug 12 06:01:47 GMT 2026

२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विदेशस्थित शुभेच्छुक संस्था प्रवास नेपाली सम्पर्क विभागले एनआरएनएलगायतका संस्थामा पदीय जिम्मेवारी लिने पार्टीको नीति नरहेको स्पष्ट पारेको छ ।
३६ देशबाट प्रवास नेपाली सम्पर्क विभागका प्रमुखहरुले विज्ञप्ति निकालेर विदेशस्थित विभागमा बस्ने व्यक्ति संघ सस्थाको पदाधिकारी वा जिम्मेवार पदमा बस्न नमिल्ने बताएका छन् । ‘कुनै व्यक्ति त्यस्तो जिम्मेवारीमा आवद्ध भएको अवस्थामा निज प्रवास विभागको संगठनात्मक जिम्मेवारीमा रहन नमिल्ने व्यवस्था रहेको स्पष्ट पार्न चाहन्छौं,’ ३६ देशका विभाग प्रमुखले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)