एकैदिन प्रतितोला पाँच हजार बढीले महँगिदा सुनको भाउ ३ लाख ७ हजार नजिक
arthadabali.com · Wed Aug 12 06:13:34 GMT 2026

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला रु तीन लाख छ हजार सात सय पुगेको छ । हिजो एक तोला सुन रु तीन लाख एक हजार पाँच सयमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला रु ७५ ले बढेर रु चार हजार सात सय ४५ पुगेको छ । हिजो चाँदी एक तोला चाँदी रु चार हजार छ सय ७० मा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)