रुससँगको जारी युद्ध अन्त्य गर्न युक्रेनले अमेरिकालाई पठायो प्रस्ताव
ratopati.com · Wed Aug 12 06:20:26 GMT 2026

किभ । रुससँग जारी युद्ध अन्त्य गर्ने उद्देश्यले युक्रेनले अमेरिकासमक्ष नयाँ प्रस्तावहरू पठाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । मंगलबार राति भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले अमेरिकी पक्षलाई युद्ध अन्त्यका लागि युक्रेनका प्रस्तावहरू बुझाइएको जानकारी दिएका हुन् ।
उनका अनुसार अमेरिकाले युक्रेनको रक्षा क्षमता, विशेषगरी हवाई सुरक्षालाई बलियो बनाउन सहयोग गर्न सक्नेछ । साथै, रुसमाथि युद्ध अन्त्यतर्फ अघि बढ्न दबाब बढाउनुपर्ने पनि उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)