विनाशकारी भूकम्पपछि कोलम्बियामा जीवित मानिसको खोजी तीव्र
annapurnapost.com · Wed Aug 12 06:23:22 GMT 2026

कोलम्बिया : पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएपछि उद्धार टोलीहरू भग्नावशेषमा फसेका मानिसको खोजी र शव निकाल्न दिनरात खटिएका छन् । सरकारी तथ्यांकअनुसार शक्तिशाली भूकम्पका कारण देशभर कम्तीमा २५४ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश पेरेइरा र काली सहरका छन् ।
कालीका २२ वर्षीय पत्रकारिता विद्यार्थी लुइस साएन्जले भने, ‘मेरो लागि भूकम्प कहिल्यै अन्त्य नहुने जस्तो लागेको थियो ।’ सोमबार बिहान ७ः३४ बजे भूकम्प जाँदा साएन्ज घरमा बिहानको कफी पिइरहेका थिए । भूकम्प सुरु भएपछि उनको बिरालो खाटमुनि लुकेको र त्यसपछि परिवारका सदस्यहरू घरबाट बाहिर सडकमा भागेको उनले सम्झिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)