रास्वपाका सांसदलाई तेस्रो पटक प्रशिक्षण दिइँदै
barnanmedia.com · Wed Aug 12 06:18:31 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साउन २९–३१ सम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने भएको छ । संसद्को गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागिएको सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन् ।
धितालका अनुसार ललितपुर गोदावरीस्थित फरेस्टमा प्रशिक्षण कार्यक्रम राखिएको छ । यसअघि दुई पटक दिएको प्रशिक्षण अपुग भएकाले पार्टीले तेस्रो पटक कार्यक्रम राखिएको उनको भनाइ छ । पार्टीको नीतिलाई केन्द्रमा राखेर सांसदहरूको सुझाव अनुसार प्रशिक्षणको कार्यतालिका तय हुने धितालले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)