मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिल्ला न्यायाधीशको नतिजा : परीक्षार्थी २११, उत्तीर्ण एक

gorkhapatraonline.com · Mon Sep 18 06:12:42 GMT 2023

काठमाडौँ, असोज १ गते । जम्मा २९ पदका लागि भएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २११ जनामध्ये पारसमणि पोखरेल मात्र अन्तर्वार्ताका लागि सिफारिस हुनुभएको हो । पोखरेल न्याय सेवाको कर्मचारी हुनुहुन्छ।

न्याय, कानुन, सरकारी वकिल समूहका कर्मचारी तथा कानुन व्यवसायीसमेत गरी परीक्षामा २११ जना सहभागी थिए। न्याय सेवा आयोगले आइतबार सार्वजनिक गरेको नजिता अनुसार पोखरेल मात्र अन्तर्वार्ता चरणका लागि सिफारिस हुनुभएको हो। पोखरेलको अन्तर्वार्ता असोज १ गते हुने छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)