विभेदको अनुभूति : राज्य मेरो कहिले हुने ?
nepalviews.com · Wed Aug 12 06:30:45 GMT 2026

नेपाल हाम्रो साझा मातृभूमि हो। हिमालदेखि मधेशसम्म, पूर्वदेखि पश्चिमसम्म फैलिएको यो देश सबै नेपालीको समान हो। यसको माटो, नदी, भाषा, संस्कृति र इतिहासमा सबै समुदायको उत्तिकै योगदान छ। तर एउटा गम्भिर प्रश्न आज पनि जीवितै छ, यदि देश सबैको हो भने, राज्य पनि सबैको किन भएन? यही प्रश्नले दशकौँदेखि मधेश, जनजाति, दलित, थारू, मुस्लिम लगायतका समुदायलाई राज्यसँगको आफ्नो सम्बन्ध पटक-पटक पुनर्विचार गर्न बाध्य बनाइरहेको छ।
देश र राज्य एउटै कुरा होइनन्। देश भनेको भूगोल, जनता र साझा सभ्यता हो भने राज्य भनेको शासन सञ्चालन गर्ने संस्था, नीति, प्रशासन, न्याय प्रणाली र शक्ति संरचना हो। नागरिकले देशलाई अगाध माया गर्न सक्छ, तर राज्यको व्यवहारप्रति गहिरो असन्तुष्टि पनि राख्न सक्छ। यही विभेदका कारण धेरै मधेशी नागरिकले भन्ने गरेका छन्- 'यो देश मेरो हो, तर यो राज्य हाम्रो होइन।' यो कुनै देशविरोधी अभिव्यक्ति होइन, बरु दशकौँदेखि भोगिँदै आएको संरचनात्मक विभेद र उपेक्षाप्रतिको स्वाभाविक पीडाको अभिव्यक्ति हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)