मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्र जनमत पार्टीको नयाँ नीति

rajdhanidaily.com · Sun Mar 17 23:30:02 GMT 2024

वीरगन्ज । जनमत पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्रको लडाई लड्ने लगायतका ११ सुत्रीय निर्णय गरेको छ । शनिबार र आइतबार (चैत ३ र ४ गते) दुई दिनसम्म वीरगन्जमा जारी जनमत पार्टीको केन्द्रीय बैठकले यस्तो निर्णय गरेको हो ।

जनमत पार्टीले भ्रष्टाचार रहित सामाजिक लोकतन्त्रको परिकल्पना गर्दै दोस्रो गणतन्त्र प्राप्तिसम्मको लडाई लड्ने गरी नयाँ निर्णय गरेको छ । त्यसको सफलताका लागि पार्टीको अघिल्लो बैठकको निर्णय संगठनात्मक अवस्था पाँच गुणा बढाउने मात्र नभई अब त्यसको पनि डबल अर्थात १० गुणा बढि विस्तार गर्ने निर्णय गरेको पर्सेली संचारकर्मी सामु निर्णय सार्वजनिक गर्दै अध्यक्ष सिके राउतले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)