थाइल्याण्डबाट गाँजा ल्याएर भन्सारमै छाड्ने योजना असफल, दुई भारतीय पक्राउ
annapurnapost.com · Wed Aug 12 06:27:56 GMT 2026

काठमाडौं : थाइल्याण्डबाट हङकङहुँदै नेपाल ल्याइएको १८ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार विमानस्थलबाट नेपाल आउने विदेशी यात्रुहरूको प्रोफाइलिङ गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत पञ्जाबका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्।
उनीहरूको साथबाट १८ किलो लागुऔषध गाँजा,दुई थान पासपोर्ट,दुई थान मोबाइल फोन र चार थान झोला बराबम भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)