मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूर्वाधार सम्मेलनमा भारतीय मन्त्री आउँदै

ekantipur.com · Fri Aug 26 01:00:50 GMT 2022

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले यही भदौ २३ र २४ मा आयोजना गर्ने पूर्वाधार सम्मेलनमा सहभागी हुन भारत सरकारको सडक यातायात, राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री जनरल विजयकुमार सिंह आउने भएका छन् ।

परिसंघले सिंहलाई गेस्ट अफ अनरका रूपमा सहभागी हुन परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत औपचारिक निमन्त्रणा गरिसकेका छन् । परिसंघका तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवालले बिहीबार नयाँ दिल्लीस्थित मन्त्रालयमा राज्यमन्त्री सिंहलाई भेटेर निमन्त्रणा दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)