सात बर्षपछि एनआरएन डभलपमेन्ट फण्ड स्थापना, ८५ प्रतिशत पुँजी आईपीओबाट संकलन हुने
corporatenepal.com · Wed Aug 12 06:39:34 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ल परिकल्पना गरेको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड बल्ल औपचारिकरुपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले बल्ल उक्त नामको कम्पनी स्थापनाको प्रमाणपत्र दिएको हो ।
संघका पूर्वअध्यक्ष कुमार पन्तले सात बर्षको अथक प्रयासले मुर्त रुप पाएको भन्दै कम्पनी दर्ताको प्रमाणपत्र सार्वजनिक गरेका छन् । उनले नेपाल डेभलपमेन्ट फण्डका आवश्यक कानुनी संशोधनहरू स्वीकृत हुनु गैरआवासीय नेपालीहरूको लगानी नेपाल भित्र्याउने तथा नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा योगदान पुर्याउने दिशामा एउटा महत्वपूर्ण कोशेढुंगा हो भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)